चैत्र १५ गते आरआर क्याम्पसमा स्ववियु चुनाव हुने


 


काठमाडौं, चैत्र १२

रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा आउँदो मंगलबार (१५) गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव हुने भएको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार चैत १५ गते चुनावका लागि मिति तोकिएको क्याम्पस प्रशासनले जनाएको छ । गएको फागुन २३ गते हुने भनिएको चुनाव विवादका कारण हुन नसकेपछि आउँदो मंगलबारका लागि तय गरिएको हो ।

सर्वोच्चले चुनाव गर्न आदेश दिएपछि मंगलबार बिहान ८ बजेदेखि ५ बजेसम्म मतदान हुने क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसले पूर्व प्रकाशित अन्तिम नामावलीमा समावेश विद्यार्थीलाई मतदानमा सहभागी हुन भनेको छ ।

प्रकाशित मिति: १२ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्