आजदेखि सकियाे एसइई परीक्षा


 


भक्तपुर, चैत्र ११

देशभर सञ्चालित माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) आजदेखि सम्पन्न भएको छ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको एसइई परीक्षा आजदेखि सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्राविधिकधार तर्फको परीक्षा भने चैत १४ गते सम्पन्न हुने छ । परीक्षामा देशभरबाट करिब पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए । रासस

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्