काठमाडौँका नायब सुब्बाविरुद्ध मुद्दा दायर


 


काठमाडौँ, चैत्र ११

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति काठमाडौँका नायब सुब्बा गोवद्र्धन खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार खड्काले बालुवा, माटो, ढुङ्गा तथा गिट्टी बिक्रीसम्बन्धी कर सङ्कलनका लागि नक्कली बिल प्याड बनाई मूल्य अभिवृद्धि कर छली गरेको र सेवाग्राहीसँग रु चार लाख घुस लिएको अनुसन्धानका क्रममा पुष्टि भएको पाइएको छ ।

खड्कालाई बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै आज मुद्दा दायर गरिएको आयोगले जनाएको छ । रासस

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्