३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजना शिलान्यास


 


ताप्लेजुङ, चैत्र ११
ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली नदीमा काबेली ए जलविद्युत् आयोजना निर्माण हुने भएको छ । निर्माणको चर्चा शुरु भएको ६ वर्षपछि आयोजना शिलान्यास भएको हो । योसँगै अब आयोजना निर्माणको कामले तिव्रता पाउने भएको छ ।

२०६७ सालदेखि नै आयोजना निर्माणका लागि विभिन्न प्रक्रिया सुरु भएको थियो । तर विभिन्न कारणले कामले तिव्रता पाउन सकेको थिएन । ३७ दशमलव ६ मेगावाट क्षमताको यो आयोजना निर्माणका लागि विश्व बैंकले ४ अर्ब, आईएफसीले ४ अर्ब र बुटवल पावर कम्पनीले २ अर्ब रुपैयाँ लगानी गर्न लागेको कावेली ईनर्जी प्रालिका अध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिए ।

झिझ्याङ र टि.डब्लु.सि.डब्लु. नामक दुईवटा चिनियाँ कम्पनीले आयोजना निर्माणको जिम्मा पाएका छन् । पाँचथरको अमरपुर २ र ५ को खोलाखर्कमा पोखरी निर्माण गरी साढे चार किलोमिटर सुरुङमार्ग बनाएर पिनासी घाटमा पावर हाउस निर्माण गर्ने तयारी भइरहेको सहयोगी संस्था इन्फ्राको एसिया प्रमुख एलार्डले जानकारी दिए ।

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्