मलेम्ची खानेपानी आयोजनामा कार्यरत मजदुरको मृत्यु


 


सिन्धुपाल्चोक, चैत्र ११
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अडिटमा रहेको मोटर ग्यारेजभित्र टायर पड्किँदा एकजनाको मृत्यु भएको छ ।

सुरुङभित्र खन्न प्रयोग गरिने साधन ट्यारेक्सको पन्चर भएको टायरलाई मर्मत गरी पुनः हावा भर्नेक्रममा एक्कासि टायर पड्किन गई हावाको झोक्काले उछिटिृँदा मकवानपुर जिल्ला भीमफेदी घर भई सुरुङको ग्यारेजमा कार्यरत ४९ वर्षीय रमेश थापामगरको मृत्यु भएको हो ।

घटनका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिएका छन् । टायर पड्किँदा घाइते भएका थापामगरको उपचार गर्नेक्रममा काठमाडौँस्थित चिरायु अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्