दुर्घटनामा १ जनाको मृत्यु


 


धादिङ, चैत्र ११

धादिङको बेनीघाटमा आज विहान मोटरसाईकल र ट्रक एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । ना ३ ख ७९९७ नम्बरको ट्रकले ग १३ प १३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा पछाडि सवार गोरखाका २६ वर्षिय मनोज थापाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

चालक गोरखाकै २२ वर्षिय रिजन संग्रौला गम्भिर घाईते भएका छन् । उनको न्युरो अस्पताल काठमाण्डौमा उपचार भैरहेको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्