लन्डन आक्रमणकारीको पहिचान, ८ जना पक्राउ


 


एजेन्सी, चैत ११
बेलायतको प्रहरीले लन्डनमा पाँच जना मारिने गरी भएको आतंककारी आक्रमणमा संलग्न मुख्य व्यक्ति खालिद मसुद भएको जनाएको छ । प्रहरीले घटनामा संलग्न व्यक्ति ५२ वर्षीय खालिद मसुद भएको जनाएको हो । उनी बेलायतको कैट काउन्टीमा जन्मिएर हाल वेस्ट मिडल्यान्डस्मा बस्दै आएको प्रहरीले दाबी गरेको छ ।

यसैबीच बेलायती सुरक्षा बलले बर्मिङ्घम शहरमा छापा मारेर घटनामा संलग्न रहेको आशंकामा आठ जनालाई पक्राउ गरेको छ । वेष्टमिनिस्टरस्थित संसद् भवननजिकै बुधबार गराइएको आक्रमणमा परी प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो ।

घटनामा २९ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । इस्लामिक अतिवादी समुह आईएसले आफ्नो लडाकुले आक्रमण गरेको दाबी गरेको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्