नेपालमा अहिले कावा प्रधानमन्त्री काेही छैन् !


 


काठमाडाैं, चैत्र ११

लाेकसेवाकाे तयारी गरिरहेकाे परीक्षार्थीहरूलार्इ त अहिले तत्कालै याे प्रश्न तयार नहाेला तर हाजिरीजवाफ प्रतियाेगिताका सहभागीलार्इ भने एउटा गज्जबकाे प्रश्न तयार भएकाे छ । त्याे के भने नेपालमा अहिले कार्यवाहक प्रधानमन्त्री काे छ ?

जवाफ अाउन सक्छ–विमलेन्द्र निधि, कृष्णबहादुर महरा वा कमल थापा । अाउनुपर्ने जवाफ यही हाे, उनिहरू उपप्रधानमन्त्री पनि हुन् तर उत्तर मिल्दैन । किनभने साताब्यापी चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यबहाक कसैलार्इ दिएका छैनन् ।

कार्यवाहाक नै नदिइ प्रधानमन्त्री चीन प्रस्थान गरेपछि अहिले नेपालमा कावा प्रधानमन्त्री काेही छैन् । उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधि र कमल थापाबीच बरियतामा विवाद चुलिएपछि प्रधानमन्त्री दाहालले कसैलाई पनि कार्यबाहक नदिइ चीन प्रस्थान गरेका हुन् ।

निधि र थापाबिच विवाद चुलिदा सरकार संकटमा परेकाे थियाे भने मन्त्रिपरिषद बैठक समेत स्थगित भएका थिए । त्यसैले दाहालले कसैलार्इ कार्यवाहाक बनाउन सकेनन् ।

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्