पूर्वसांसदकाे गोली हानी हत्या


 


कीभ (युक्रेन), चैत्र ११

रसियाली पूर्वसांसद डेनिस भोरोनेन्कोभको बिहीबार कीभमा गोली हानी हत्या गरिएको युक्रेनी प्रहरीले जनाएको छ । सन् २०१६ मा रसियाबाट युक्रेन पुग्नुभएका भोरोनेन्कोभ रसियाको ‘वान्टेड’ सूचीमा रहेका रसियाली पूर्व कम्युनिस्ट सदस्य हुनुहुन्थ्यो ।

कीभका प्रहरी प्रमुख एन्ड्रिय क्रिस्चेन्कोले एक युक्रेनी टेलिभिजनसँगको कुराकानीमा पूर्व रसियाली सांसदको मृत्यु भएको पुष्टि गर्नुभएको छ । मृतक रसियाली पूर्वसांसद रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ भने घटनाबारे थप अनुसन्धान जारी छ, उहाँले बताउनुभयो ।

युक्रेनी केही सञ्चारमाध्यमले पूर्वसांसदको हत्याका पछाडि रसियाको नै हात रहेको आशङ्का गरिएका समाचार प्रसारण गरे पनि यसको मस्कोद्वारा खण्डन गरिएको छ ।

मस्को प्रशासनले पूर्वसांसदको हत्यामा रसियाली हात रहेको भन्ने दाबीप्रति कुनै सत्यता नरहेको बताउँदै यसलाई बेतुकको दाबी भनी बिहीबार खण्डन गरेको छ । युक्रेनले हत्यालाई राज्यद्वारा गरिएको आतङ्कवाद भनी प्रतिक्रिया दिएको छ ।

रसियाली राज्य सञ्चालित न्युज एजेन्सीले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै आफ्ना पूर्वसांसदको हत्यामा रसियाली हात रहेको भन्दै आएका तथाकथित आरोपप्रति कुनै सत्यता नभएको बताउनुभएको छ । रासस/एएफपी

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्