एमाले सांसद दुलारी देवीको निधन


 


काठमाडौँ, चैत्र ११

सर्लाहीबाट नेकपा(एमाले)का तर्फबाट समानुपातिक सांसद दुलारी देवीको बिएन्डबी अस्पताल, ललितपुरमा उपचारका क्रममा बिहिबार निधन भएको छ ।

यही चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा पर्नुभएकी सांसद देवीलाई भोलिपल्ट सो अस्पतालमा ल्याई उपचारमा राखिएको थियो । मोटरसाइकलमा रहनुभएका उहाँलाई ट्रकले ठक्कर दिँदा दुवै खुट्टामा गम्भीर चोट लागेको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो ।

सर्लाही ब्रह्मपुरी–८ का ४८ वर्षीया देवी हाल कामपा–३४ शान्तिनगरमा बस्दै आउनुभएको थियो । उहाँका पति, दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्