म्यादी प्रहरीमा जागिर खुल्याे, खाने हाेइन् ?


 


काठमाडाैं, चैत्र १०

नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि गृह मन्त्रालयले ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको हाे ।

नेपाल प्रहरीले बिहीबार सूचना जारी गर्दै ७५ हजार म्यादी प्रहरीको लागि आवेदन मागेको छ । सोसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशन गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका व्यक्तिले म्यादी प्रहरीको लागि आवेदन दिनसक्ने छन्। नेपाल प्रहरीले प्रत्येक जिल्ला प्रहरी कार्यालयमा आवेदन दिने व्यवस्था मिलाएको छ।

स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि ५५ दिनको रहेको छ।  मासिक तलब १७ हजार २ सय ३० रुपैयाँ पाउने बताइएकाे छ। पाेशाक र रासनकाे पनि भत्ता म्यादी प्रहरीले पाउँनेछन् ।

प्रकाशित मिति: १० चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्