एमाले स्थायी कमिटीको बैठकले के–के निर्णय गर्यो ?


 


काठमाडौं, चैत्र १०
नेकपा एमालेको स्थायी कमिटीको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको मापदण्ड र टिकट वितरण सम्बन्धी कार्यविधी पारित गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको बैठकले उम्मेदवार चयन गर्ने बिधी सर्वसम्मत रुपमा पारित गरेको हो ।
सिनियर, पार्टीमा निरन्तर लागेको र पार्टीप्रति प्रतिवद्ध, आर्थिक तथा अनुशासनको कारबाहीमा नपरेको, समावेशी, स्थानीय विकास निर्माणको नेतृत्व गर्न सक्ने र स्थानीय स्तरमा लोकपि्रय हुनुपर्ने लगायतलाई मापदण्ड बनाइएको छ ।

महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टुंगो सम्बन्धित जिल्ला हुँदै प्रदेश कमिटीको सिफारिसमा केन्द्रले टुंगो लगाउनेछ । त्यस्तै महानगरका वडाध्यक्षको टुंगो पनि केन्द्रले नै लगाउने गरी कार्यबिधी बनेको सचिव गोकर्ण विष्टले बताए ।

नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुख उम्मेदवारको टुंगो सम्बन्धित गाउँ तथा नगर कमिटी, जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले लगाउने विष्टले बताए ।

एमालेले नगर तथा गाउँपालिकाका वडा अध्यक्ष र सदस्यको उम्मेदवार छनोट सम्वन्धि वडा कमिटीको सिफारिसमा गाउँनगर कमिटीको राय सल्लाहमा जिल्ला कमिटीले टुंगो लगाउने निर्णय गरेको छ । एमालेले स्थानीय तहमा कोही बागी उम्मेदवार उठे समर्थक प्रस्तावकसहित कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति: १० चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्