दुर्घटनामा पाँच जनाको मृत्यु


 


मोरङ, चैत १०

पूर्व पश्चिम राजमार्गको मोरङ–पथरी–कानेपोखरी सडकखण्डमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।   बुधबार बेलुकी साढे ७ बजे काँकभिट्टाबाट बुटवलका लागि छुटेको ना ५ ख ५३८७ नम्बरको बसले मे ४ प ८५११ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुई जनाको मृत्यु भएको छ ।

यस्तै बस अनियन्त्रित भएर रुखमा ठोक्किदा बसमा रहेका दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेको मोरङ र सुनसरीको अस्पतालमा उपचार भइरहेको छ भने मृत्यु भएको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

यस्तै मोरङ पथरी कानेपोखरी सडकखण्डमा नै बुधबार राति १० बजे बा ४० प १२९ नम्बरको मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । घाइते एक जनाको मोरङ  पथरीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १० चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्