​प्रस्तावित १२ राजदूतको नाम अनुमोदन, कुन देशमा को भए ?


 


काठमाडौं, चैत ९

संसदीय सुनुवाइ विशेष समितिले राजदूतमा प्रस्तावित १२ जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिले प्रस्तावित राजदूतहरुको मंगलबार र बुधबार सुनुवाई गरेर नाम अनुमोदन गरेको हो ।

उनीहरुको नाम अब सरकारले सम्बन्धित देशमा एग्रिमोका लागि पठाउने छ ।

कुन देशमा को ?

ओमन–शर्मिला पराजुली ढकाल

इजरायल–निरञ्जनकुमार थापा

कतार–रमेशप्रसाद कोइराला

दक्षिण कोरिया– अर्जुनजंगबहादुर सिंह

जापान–प्रतिभा राणा

डेनमार्क–युवनाथ लम्साल

अस्ट्रेलिया–लक्की शेर्पा

बंगलादेश–चोपलाल भुषाल

बहराइन–पदम सुन्दास

म्यानमार–भीमकृष्ण उदास

श्रीलंका–विश्वम्भर प्याकुरेल

साउदी अरेबिया–महेन्द्रप्रसादसिंह राजपुत

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्