युवासङ्घ बैतडीमा चन्द


 


बैतडी, चैत्र ९

नयाँ नेतृत्व चयन गर्दै नेकपा (एमाले) निकट युवासङ्घ नेपाल बैतडीको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । मङ्गलबार बेलुका बैतडीको पाटनमा सम्पन्न अधिवेशनले राजेन्द्रबहादुर चन्दको अध्यक्षतामा ५१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा दीपेन्द्र चांड, सचिवमा सूर्य बोहरा, सहसचिवमा दिलबहादुर धानुक (विकास) र कोषाध्यक्ष पुष्कर भण्डारी रहेका छन् । नयाँ कमिटीको कार्यकाल २ वर्षका लागि हुने बताइएको छ ।

साथै, युवासङ्घले युवाका हकहितका लागि लड्नुका साथै स्थानीय तहको निर्वाचनमा पनि परिचालन गरिने नेकपा (एमाले)का जिल्ला सचिव लीलाधर भट्टले जानकारी दिनुभयो ।

अधिवेशनमा नेकपा (एमाले)का केन्द्रीय सदस्य पुरनसिंह दयाल, पूर्व अर्थराज्यमन्त्री दामोेदर भण्डारी, पूर्वजिल्ला सभापति परमानन्द भट्ट, महिला नेता माया भट्टका साथै युवासङ्घका केन्द्रीय सदस्य गजेन्द्र शाही, महाकाली अञ्चल कमिटी अध्यक्ष देवेन्द्र कुँवर लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्