कांग्रेसमा फर्कनेबारे के भन्छन् विजय गच्छदार ?


 


इनरुवा, चैत्र ८

मधेसी जनअधिकार फाेरम (लाेकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार अाफ्नाे पुरानै घर नेपाली कांग्रेस फर्कने हल्लाले याे साता निकै चर्चा पायाे । अनेक चर्चा र हल्लाकाबिच गच्छदारले भने याे सबै हल्ला मात्र भएकाे बताएका छन् ।

अाज अाफ्नै गृह जिल्ला सुनसरीमा पत्रकारहरूसँग कुरा गर्दे गच्छदारले  भने आफ्नो पार्टीलाई काँग्रेसमा भित्रयाउने कुरा हल्ला मात्रै हाे, याे कांग्रेसका नेताहरूले चलाएका हुन् । कांग्रेसमा फर्कने सम्भावना छैन्, गच्छदारले भने ।

सत्तारूढ कांग्रेसका झापादेखि कञ्चनपुरसम्मका सांसदहरूले गच्छदारलाई कांग्रेसमा भित्र्याउन छलफल अघि बढाएका थिए । कांग्रेस कमजाेर हुँदै जान थालेपछि पुराना नेता कार्यकर्ता फर्काउनु पर्ने अावाज उठ्न थालेपछि गच्छदारसँगकाे चर्चा चलेकाे हाे ।

गच्छदारलाई फेरि कांग्रेसमा ल्याउन सके तराई मधेस र थारू बहुल क्षेत्रमा कांग्रेसको जनाधार बढ्ने भन्दै छलफल अघि बढेकाे थियाे, कांग्रेस स्राेतले भन्याे ।

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्