विश्वका अर्वपतिको सूचीमा विनोद चौधरी, कति छ सम्पति ?


 


काठमाडाैं, चैत्र ८

सन् २०१७ को विश्वका अर्वपतिहरुको सूचीमा नेपालका विनोद चौधरी पनि परेका छन् । मंगलबार फोर्ब्स पत्रिकाले निकालेको सन् २०१७ का विश्वका अर्वपतिको सूचीमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी १५६७ औं स्थानमा परेका छन् ।

चौधरी १.३ अर्ब अमेरिकी डलर सम्पत्तिका साथ १५ सय ६७ औं स्थानमा परेका हुन्। यसअघि गत वर्ष फोर्ब्सले निकालेको विश्वका अर्वपतिको सूचीमा चौधरी १५७७ औं स्थानमा थिए । गत वर्ष चौधरीको सम्पत्ति १.१ अर्ब डलर थियो।

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्