दुर्घट्नामा ११ जना घाइते


 


काठमाण्डौ, चैत्र ८
काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख २२९५ नम्बरको बस र वीरगन्जबाट पोखरा जान आउँदै गरेको ना ६ ख ७९७१ नम्बरको ट्रक गएराति पूर्वी चितवनको खैरहनीस्थित राजमार्गमा एकापसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बसका नौजना र ट्रकका दुई जना घाइते भएका हुन् । भरतपुरको कलेज अफ मेडिकल साइसेन्समा उनीहरुको उपचार भइरहेको छ ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । राति १२ः३० बजेको समयमा दुर्घटना भएको हो ।

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्