झापामा एक हजार बढी हात्तीपाइले संक्रमित


 


झापा, चैत्र ८
झापामा एक हजार १ सय ६५ जनामा हात्तीपाइले रोगको संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रकाश घिमिरेकाअनुसार खुट्टा सुन्निएका २ सय ६५ जना, हात तथा स्तन सुन्निएका १ सय १ र अण्डकोष सुनिएका ८ सय जना हात्तीपाइलेका संक्रमित भेटिएका हुन् ।

त्यस्तै, यसवर्ष सात लाख ३३ हजार नागरिकलाई आगामी चैत १७ गते देखि तीन दिन जिल्लाभर हात्तीपाइलेविरुद्धको औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यसका लागि करिब १८ लाख ५० हजार डिइसी र आठलाख ५० हजार थान एलेन्डालोज ट्याब्लेट वितरण गरिने जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईंले जानकारी दिए । औषधि खुवाउन जिल्लाभर तीनहजार ७ सय ८६ जना स्वयम्सेवक र ४ सय स्वास्थ्यकर्मी परिचालन गरिने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्