आइजिपी नियुक्ति सम्बन्धी विवादमा सर्बोच्चले फैसला गर्दै


 


काठमाण्डौ, चैत्र ८
नेपाल प्रहरीको महानिरीक्षक आइजिपी नियुक्ति विवादमा सर्वोच्च अदालतले आज फैसला गर्दैछ । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले रिटमाथि हिजो सुनवाई सम्पन्न गरेसँगै आजका लागि फैसला मिति तोकिएको हो ।

रिटमाथि हिजो भएको बहसमा महान्याधिवक्त रमणकुमार श्रेष्ठ लगायतका सरकारी वकिलले आइजिपीमा जयबहादुर चन्दलाई नियुक्ति गर्ने सरकारी निर्णयको बचाउ गरेका थिए ।

यसअघि अन्तरिम आदेश दिँदा संलग्न न्यायाधिशहरु नै अन्तिम सुनुवाईमा पनि सहभागी भएको भन्दै चन्द पक्षका वकिलले बहस गरेन । रिटमाथि हिजो नै बहस सकिएपनि प्रधानन्यायाधीश कार्कीको कार्य व्यस्तताका कारण फैसला हुन सकेन ।

गत फागुन १ गते सरकारले तेस्रो वरियताका चन्दलाई सिफारिस गरेपछि प्रथम वरियता दावेदार डिआइजी सिलवालले सरकारी निर्णय बदर गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्