सुनुवाई समितिले थप पाँच सिरफारिस राजदुतको सुनुवाई गर्दै


 


काठमाण्डौ, चैत्र ८
संसदीय सुनवाई विषेश समितिले समितिले आज विभिन्न मुलुकका लागि सिफारिस गरिएका थप पाँच जना राजतदुतको सुनुवाई गर्दैछ । हिजो अस्ट्रेलियाका लागि सिफारिस भएका राजदुत लक्की शेर्पामाथि सोधपुछ गरेको समितिले आज थप ५ जनाको सुनुवाई गर्न लागेको हो ।

भोली सम्ममा १२ जनाकै सुनुवाई सक्काउने गरी सुनवाई भइरहेको समिति सदस्य तथा एमाले सचेतक समेत रहनु भएका भानुभक्त ढकालले जानकारी दिए ।  सरकारले अस्टेलियाका लागि शेर्पासहित जापानमा प्रतिभा राणा, इजराइलमा निरन्जनकुमार थापा, डेनमार्कमा युवाराज लम्साल र श्रीलंकामा विश्वम्बर प्याकुरेलको नाम प्रस्ताव गरेको छ ।

यस्तै ओमनका लागि शर्मिला पराजुली ढकाल, कतारमा रमेश प्रसाद कोइराला, बहराइनमा पदम सुन्दास, कोरियामा अर्जुनजंग बहादुर सिंह, बंगलादेशमा चोकलाल भूषाल, म्यानमारमा भिमकृष्णा उदास र साउदी अरेवियामा महेन्द्र प्रसाद सिंह सिफारिस भएका छन् ।

भोलीसम्ममा सबै प्रस्तावित राजदुतको सुनुवाई सककाएर निर्णय सुनाउने समितिको तयारी रहेको समिति सदस्य ढकालले बताए ।

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्