प्रधानमन्त्रीले लेखा समितिलाई ढाँटे, समिति सभापति आक्रोशित


 


काठमाण्डौ, चैत्र ८

गत बिहीबार एनसेल कर प्रकरणमा व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने निर्णय गरेकोमा समितिका सभापति डोरप्रसाद उपाध्याय र सचिवले प्रधानमन्त्रीलाई गत शुक्रबार भेटे ।

उनीहरुले प्रधानमन्त्रीलाई भेटेरै हातमा चिठी थमाए। प्रधानमन्त्रीले पनि चैत ८ वा ९ गते लेखा समितिको बैठकमा आउने आश्वासन दिए। तर वास्तविक तिथि तय भएन र सचिवालयसँग सम्पर्क गरेर मिति तय गर्न प्रधानमन्त्रीले आग्रह गरे।

८ गते आउन लागेपछि समितिले प्रधानमन्त्रीको सचिवालयलाई ताकेता गर्न थाल्यो। स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्रीको सचिवालयले सभापतिको फोन उठाउन छोड्यो। सोमबारसम्म फोन नै उठेन। फोन नउठेपछि समिति सभापति उपाध्याय आक्रोशित भएका छन् ।

यो खवर हामिले आजको नेपाल समाचारपत्र दैनिक बाट लिएका हौँ ।

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्