नेकपा एमालेको सचिवालय बैठक बस्दै


 


काठमाडौ, चैत्र ७

मुलुकको वर्तमान राजनितिक अवस्था तथा पार्टीको भावी रणनितिबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।राजधानीको धुमबाराहीस्थित पार्टी केन्द्रिय कार्यलयमा दिउँसो एक बजेपछि बस्ने बैठकमा मेचीमहाकाली राष्ट्रिय अभियानको समिक्षा तथा स्थानीय तह निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ ।

मेची महाकाली अभियान सफल भएको निष्कर्ष निकालेको एमालेले सप्तरी घटनापछि प्रदेश नम्बर २ मा स्थगित गरिएको कार्यक्रममा विषयमा आजको बैठकले आवश्यक निर्णय गर्ने बताइएको छ । आजको सचिवालय बैठकले स्थानीय तह पुनरसंरचना आयोगले तयार पारेको निर्वाचन क्षेत्र अनुसार सांगाठनिक ढाँचा निर्माण गर्ने विषयमा निर्णय गरिने सचिवालय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

नयाँ संघिय संरचना अनुसार पार्टीको ढाँचा परिवर्तन गर्दै स्थानीय निर्वाचनमा नेता कार्यकर्ता परिचालनका लागि समिति बनाउने विषयमा आवश्यक गृहकार्य गर्ने सम्बन्धमा बैठकमा छलफल हुने जनाएको छ ।

प्रकाशित मिति: ७ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्