रुख ढल्दा २० जनाको मृत्यु


 


एजेन्सी, चैत्र ७

घानामा एउटा ठूलो रुख ढल्दा कम्तिमा २० जनाको मृत्यु भएको छ । घानाको ब्रोङ–अहाफोमा रहेको किन्टाम्पो झरनामा जम्मा भएका मानिसको भिडमा रुख ढलेको हो । घटनास्थलमै १८ जना विद्यार्थीको ज्यान गएको अरु दुई जनाको अस्पतालमा मृत्यु भएको हो ।

घटनामा २० जना भन्दा धेरै घाइते भएका छन् । झरनाले बनाएको तालमा पौडी खेलिरहेका मानिसमाथि हावाहुरीका कारण रुख ढलेको सरकारी अधिकारीले बताएका छन् । घटना लगतै रुखमा च्यापिएका मानिसको उद्धारका लागि प्रहरी तथा उद्धारकर्मी खटिएको बिबिसीले जनाएको छ ।

घटनामा परि ज्यान गुमाउने र घाइते हुनेमा धेरै स्थानीय विद्यालयका विद्यार्थी रहेका छन् । केही पर्यटक पनि छन् ।

प्रकाशित मिति: ७ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्