चुनावलाई कुनै शक्तिले रोक्न सक्दैन–थापा


 


विराटनगर, चैत्र ६
उपप्रधान एव स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको चुनाव अव कुनै शक्तिले रोक्न नसक्ने वताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले चुनाव सुनिश्चित गर्न आफू सरकारमा सहभागी भएको पनि वताए ।

‘सरकार निर्वाचनको लागि तयारी गरेको छ । राजनीतिक दलहरु निर्वाचनतर्फ उन्मुख भइसकेका छन्’ उनले भने, ‘निर्वाचन आयोग तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन युद्धस्तरमा काम गरिरहेको छ । अब चुनाव नहुने अवस्था छैन ।’ स्थानीय तहको चुनावलाई सफल वनाउन स्थानीय तहलाई परिचालन गरिएको भन्दै उनले आफू त्यसको अनुगमनका लागि सुनसरी र मोरङ जिल्लाको दौडाहामा निस्किएको वताए ।

सरकारले चुनाव गराउनको लागि कुनै कसर वाकी नराख्ने भन्दै मन्त्री थापाले भने, ‘मुलुकमा पहिलो पल्ट स्थानीय सरकारको चुनाव हुँदैछ, यसमा मधेसवादी दलको पनि सहभागीता आवश्यक छ । त्यसतर्फ सरकारले वातावरण तयार गर्न प्रयासरत छ ।’

मधेस केन्द्रीय दलहरुसँग सहमति हुने सक्ने विषयमा सहमति गर्ने र सहमति नभएका विषयमा भविश्यमा सहमति गर्ने मध्यामार्गी वाटोवाट अगाडी वढने प्रयास भइरहेको उनले बताए ।

राप्रपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र पार्टीको मुख्य एजेण्डा भएको भनदै त्यसलाई हटाउने निर्वाचन आयोगले हटाउने निर्णय स्विकार्य नहुने बताए ।

प्रकाशित मिति: ६ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्