राप्रपाले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्दै


 


काठमाडौ, चैत्र ६

पार्टी विधानबाट राजतन्त्र र हिन्दु राष्ट्र हटाउने निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको राप्रपाले आज संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरेको छ ।

धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्र कायमको माग गर्दै संशोधन प्रस्ताव पेश गर्न लागेको सो पार्टीले जनाएको छ । आज अपरान्न संसदमा प्रस्ताव पेश गर्ने तयारी भएको पार्टी केन्द्रिय सदस्य मोहन श्रेष्ठले जानकारी दिए ।

संविधानमा रहेका केही मुलभूत मुद्धामा असहमति रहेकाले सच्याउन माग गर्दै संशोधन प्रस्ताव पेश गर्न लागिएको श्रेष्ठले बताए । निर्वाचन आयोगले संविधानको मर्म बिपरित भएको भन्दै राप्रपाको विधानमा उल्लेख गरिएका राजसंस्था र हिन्दुराज्य सम्बन्धी शब्दावली हटाउँदै बांकी विधान अनुमोदन गरेको थियो ।

आयोगको निर्णयविरुद्ध राप्रपाले मुलुकभरका निर्वाचन कार्यलयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: ६ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्