छोराद्धारा बुवाको हत्या


 


भक्तपुर, चैत्र ६

भक्तपुरको मध्यपुरठिमी नगरपालिका–८ पुरानो ठिमीमा छोराको कुटाइबाट बुवाको मृत्यु भएको छ  । गएको बुधबार राति ६३ वर्षका श्रीकृष्ण प्रजापतिलाई उहाँका छोरा ३५ वर्षका कृष्णकुमार प्रजापतिले कुटपिट गरेका थिए ।

छोराको कुटाइबाट गम्भीर घाइतेभ एका बुवा श्रीकृष्णको उपचारको क्रममा शनिबार मृत्यु भएको हो । महानगरीय प्रहरी बृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले छोरोको कुटपिटबाट श्रीकृष्णको टाउकोमा गम्भीर चोट लागेको अनुसन्धानमा खुलेको बताए ।

प्रहरीले कुटपिटमा संलग्न कृष्णकुमारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिए ।

प्रकाशित मिति: ६ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्