तपार्इकाे उपमहानगर, नगर र गाउँपालिकामा काे भयाे कार्यकारी प्रमुख ? (हेर्नुहाेस् सबै सूचिसहित)


 


काठमाडौं, चैत्र ५

सरकारले नयाँ संरचनाअनुसारका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका कार्यकारी प्रमुख तोकेको छ । बिहीबार गाउँपालिका प्रमुख खटाएको स्थानीय विकास मन्त्रालयले शुक्रबारको निर्णयअनुसार उपमहानगर र नगरपालिका प्रमुख खटाएको हो ।

तत्काललाई कर्मचारी व्यवस्थापन नमिलेकाले काजमा प्रमुखहरु खटाइएको स्थानीय विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचको काममा तयारी एवं व्यवस्थापनमा आवश्यक सहयोग गर्नुपर्ने भएकाले तत्काल खटिएको ठाउँमा रमान लिई हाजिर हुन कार्यकारी अधिकृतहरुलाई निर्देशन दिएको छ ।

“तोकिएको ठाउँमा समयमा हाजिर हुन नगएमा निवार्चन आयोगद्वारा जारी गरिएको निर्वाचन आचारसंहिता बमोजिम हुनेछ,” मन्त्रालका उपसचिव भरतकुमार शर्माद्वारा जारी सुचनामा भनिएको छ ।

यसअघि शाखा अधिकृतलाई नगरपालिकाको कार्यकारी प्रमुखका रुपमा खटाउँदै आएको मन्त्रालयले अबदेखि उपसचिवलाई प्रमुख बनाएर पठाएको हो ।

हेर्नुहोस् उपमहानगरपालिका र नगरपालिकाका कार्यकारी प्रमुख

त्यसैगरी हालै निर्धारण गरिउका गाउँपालिकामा शाखा अधिकृतलाई कार्यकारी प्रमुखका रुपमा खटाइएको छ ।

हेर्नुहोस् गाउँपालिकामा खटाइएका कार्यकारी प्रमुख 

प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्