आगलागीमा ३ घर जलेर नष्ट


 


दाङ, चैत ५

दाङको सतवरीया –९ अमिलियामा शुक्रबार साँझ भएको आगलागीमा परी ३ घर जलेर नष्ट भएका छन । स्थानीय मोहन विकको घरबाट लागेको आगो छिमेकमा पनि सल्किँदा ३ वटा घर र १ गोठमा पूर्ण क्षति पुगेको हो ।

घरमा रहेका लत्ता कपडा, अन्नपात र नगद गरी लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीको सक्रियतामा निभाइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्