किन बस्दैछ राप्रपाको आकस्मिक बैठक ?


 


काठमाडौं, चैत ५

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय सदस्यको आकस्मिक बैठक बस्दैछ । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन निर्देशन दिएपछि आकस्मिक बैठक बस्न लागेको हो ।

राप्रपाले पेश गरेको विधानको अध्ययनपछि आयोगले बिधानबाट सनातन हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र भन्ने शब्द हटाउन निर्वाचन आयोगले पत्राचार गरेको छ ।

राजसंस्थाको वकालत गर्दै आएको राप्रपा नेपाल र हिन्दू राष्ट्रको वकालत गर्दै आएको राप्रपाबीच एकीकरण भएपछि गएको फागुनमा भएको एकता महाधिवेशनले दुवै विषयलाई पारित गरेको थियो ।

प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्