सहिद गौतमको परिवारलाई एमालेको आर्थिक सहयोग


 


कन्चनपूर, चैत्र ४
नेकपा एमालेले कन्चनपूरको पुनरवासमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर निधन भएका सहिद गोविन्द गौतको परिवारलाई अर्थिक सहयोग गर्ने भएको छ ।

मेची महाकाली राष्ट्रिय अभियानका क्रममा कन्चनपूरमा रहेको एमालेले गौतमको परिवारलाई भेट गरी आर्थिक सहयोग गर्ने तयारी भएको सो पार्टीले जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज गौतमकी श्रीमती लक्ष्मीलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गर्ने भएको हो । यस्तै गौतमकी एक छोरीको पठनपाठनको जिम्मा पनि एमालेले लिने जनाएको छ ।

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्