दुर्घटनामा एक जनाको मृत्यु


 


सल्यान, चैत्र ४
ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। रुकुम मुरु गाविस-२ का १९ वर्षीय भीमबहादुर सिर्पाइलीको मेडिकल कलेज कोहलपुरमा शुक्रबार बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

गएराति सल्यान खलंगाबाट श्रीनगर जाँदै गरेको रा १ त १८८९ नम्बरको ट्याक्टर खलंगानजिकै दुर्घटना भएको थियो। ट्याक्टर चालक सल्यान शारदा नगरपालिका-२ का २७ वर्षीय हरि नेपालीको उपचार जिल्ला अस्पताल सल्यानमा भइरहेको छ। ट्याक्टर सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो।

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्