निर्वाचन आयोगका प्रदाधिकारीले प्रधानमन्त्रीसँग भेट गर्दै


 


काठमाडौ, चैत्र ४

निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ब्रिफिङ गर्ने भएको छ । निर्वाचनको कामलाई तीव्रता दिएको आयोगले सुरक्षा, सरकारी तयारी लगायत विषयमा प्रधानमन्त्री दाहालको धारणा बुझ्न लागेको हो ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा हुने छलफलमा निर्वाचन केन्द्र तोक्ने बारेमा पनि छलफल हुने बताइएको छ । छलफलमा निर्वाचन आयोगकका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसहित पाँचै जना आयुक्तहरुको सहभागिता रहने बालुवाटार स्रोतले जनाएको छ ।

आगामी वैशाख ३१ गतेका लागि तय स्थानीय निर्वाचनका लागि ७९ वटा दललाई योग्य ठहराएको आयोगले भोलीबाट मतपत्र छपाईको काम सुरु गर्ने तयारी गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: ४ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्