इटहरी गोल्डकपको उपाधि काँकडभिट्टालाई


 


इटहरी, चैत्र ३

इटहरीको जनता खेल मैदानमा आज सम्पन्न भएको ११ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि डिफेन्डिङ च्याम्पियन काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जितेको छ ।

शसस्त्र प्रहरीको एपिएफलाई शुन्यका विरुद्ध एक गोलका अन्तरले पराजित गर्दै काँकडभिट्टाले उपाधि जितेको हो । काँकडभिट्टाको जितमा खेलको ४९ औँ मिनेटमा विदेशी खेलाडी पिटरले गरेको गोल नै प्रतियोगिताको निर्णायक बन्यो ।

विजेता टिमले रु दुई लाख ट्रफी तथा उपविजेता एपिएफले रु एक लाख प्राप्त गरेको छ । बिजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नगद तथा ट्रफि प्रदान गरे ।

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्