नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?


 


काठमाडौ, चैत्र ३
आज सुनको भाउ बढेकै दिन सरकारले  नुनको भाउ पनि बढाएको छ । आयोडिनयुक्त नुनको मूल्य प्रतिकिलो २ रुपैयाँ बढेको हो ।सरकारको केन्द्रीय अनुगमन समितिले  यो मूल्य बढाउन निर्णय गरेको हो । त्यस्तै ढिके नुनको मूल्य किलोमा झण्डै १ रुपैयाँ बढ्ने भएको छ ।

सरकारले ढिके नुनको मूल्य ८० पैसा बढाउने निर्णय गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले नुनको मुल्य बढाउन गरेको प्रस्ताव समितिले स्वीकृत गरेको हो ।

अब नुन प्रतिकिलो २० रुपैयाँ भएको साल्ट ट्रेडिङले जनाएको छ । साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीका अनुसार नून आयात लागतभन्दा मूल्य निकै सस्तो भएको भन्दै ट्रेडिङले प्रतिकिलो ७ रुपैयाँसम्म मूल्य बढाउन प्रस्ताव गरेका थियो ।

यसअघि नुनको मूल्य १५ रुपैयाँबाट १८ रुपैयाँ बनाइएको थियो । अहिले नेपालमा वाषिर्क १ लाख ६० हजार मेट्रिक टन नुनको खपत हुन्छ । यसमा आयोडिनयुक्त नुनको हिस्सा ६० प्रतिशत छ भने ढिके नुनको प्रयोग ४० प्रतिशत हाराहारीमा छ ।

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्