वामदेव भन्छन्–कुनैपनि हालतमा संविधान संशोधन गर्न दिदैनौ


 


गुलरिया (बर्दिया), चैत्र २

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधन गर्न कुनै पनि हालतमा नदिने बताउनुभएको छ । नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत आज बर्दियाको राजापुरमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधान संशोधन गर्ने कुचेष्टा नगरे हुन्छ । हामी कुनैपनि हालतमा मान्दैनौ ।”

जातीय राज्यको नारा लगाएर नेपाललाई रुगान्डा बनाउन खोजेको आरोप लगाउँदै उहाँले एमालेलाई यस्तो प्रवृत्ति मान्य नहुने बताउनुभयो ।

मेची–महाकाली अभियानका क्रममा २ नम्बर प्रदेशमा घटेको घटना दुःखद भएको भन्दै उपाध्यक्ष गौतमले विदेशीको इसारामा कैलालीको टीकापुर घटना दोहो¥याउन खोजेको आरोप लगाउनुभयो ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरेका तीनसयभन्दा बढीलाई टीका लगाई पार्टीमा स्वागत गरिएको एमाले बर्दिया क्षेत्र नम्वर ४ का संयोजक पहाडी थारुले बताउनुभयो ।

प्रकाशित मिति: २ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्