एसिसी इमर्जिङ नेशन कपका लागि नेपाली टोलीको घोषणा


 


काठमाडौं, चैत २

आउँदो मार्च २५ देखि अप्रिल ४ तारिखसम्म बंगलादेशमा हुने एसिसी इमर्जिङ नेशन कप क्रिकेटको लागि ४ वैकल्पिकसहित १९ जना खेलाडी छनौट भएका छन् । आइसिसीका प्रतिनिधी वैकटपति राजु, प्रशिक्षक जगत टमाटा, पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको छनौट समितिले अन्तिम टोलीको टुंगो लगाएको हो ।

स्वास्थ्यका कारण पारस खड्का नखेल्ने भएपछि कप्तानको जिम्मा ज्ञानेन्द्र मल्ललाई दिइएको छ । नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दिपेश श्रेष्ठ र दिलिपनाथ रहेका छन् ।

वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्र कुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल रहेका छन् । शक्ति गौचन र बसन्त रेग्मीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुसन भारी, दिपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो । इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका २३ वर्षमुनिका टोलीले खेल्ने छन् ।

प्रकाशित मिति: २ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्