दुर्घटनामा एक जनाको मृत्यु


 


लहान, चैत २
धनगढीमाई नगरपालिका–९ मुसहर्नियामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मंगलबार राति काठमाडौं आउँदै गरेको माइक्रो बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक सिरहाको साविक दुर्गापुर गाविसका कुशेश्वर महतोको मृत्यु भएको हो ।

पूर्व पश्चिम सडकअन्तर्गत सिरहाको धनगढी–९ मुसहर्नियामा पूर्वबाट पश्चिम जाँदै गरेको बा ४ ख ६९३ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आइरहेको को २७ प १४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका महतोलाई उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । माइक्रो बस र चालक नारायण भट्टराईलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति: २ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्