नौ हजार प्रहरी सरुवा गर्ने गृहकार्य


 


काठमाडौं, चैत २

गृह मन्त्रालयले ९ हजार भन्दा बढी प्रहरी अधिकारीको सरुवा र काज सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको  छ । सरुवा मागिएकाहरुमा प्रहरी वरिष्ठ उपरीक्षकदेखि प्रहरी जवानसम्म छन् ।  निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले हस्ताक्षरको सरुवा र काज सरुवा सहमति मागपत्र गृहमार्फत आयोग पुगिसकेको छ ।

प्रहरी प्रधान कार्यालयले केही अघि मात्र गरेको प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकको सरुवा भएका जिल्लाका प्रहरी अधिकारी हटाएर नयाँ पठाउने सहमति समेत मागेको सूची प्राप्त भएको खबर आजको नागरिकमा प्रकाशित छ ।

प्रकाशित मिति: २ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्