भोजपुरका अग्नी पीडितलार्इ कोरियामा रहेको भोजपुरेहरुको सहयोग
भोजपुर, चैत्र १
भोजपुरका प्राकृतिक प्रकोप तथा अग्नी पीडितलाई राहत रकम वितरण गरिएको छ । भोजपुर परिवार दक्षिण कोरियाले राहत वितरण गरेको हो ।
भोजपुरबाट वैदेशिक रोजगारीको क्रममा कोरियामा रहेका तथा अन्यबाट संकलित ५ लाख ८८ हजार रकम वितरण गरिएको हो । राहत रकम मंसिर ५ मा भएको आगलागी पीडितलाई क्षतिको आधारमा ८ परिवारलाई ३ लाख ५० हजार वितरण गरिएको छ ।
जिल्लाको विभिन्न ठाउँहरु भोजपुर नगरपालिका २ डाडाँखर्क, पात्लेपानी, वोखिमका आगलागी पीडितलाई प्रति परिवार २० हजारका दरले १ लाख ४० हजार वितरण गरिएको समजका प्रतिनिधि लोकेश आले मगरले बताए ।
त्यस्तै वैशाख १७ गते भोजपुर नगरपालिका १० का ४ परिवारलार्इ १२ हजारका दरले ४८ हजार वितरण गरिएको छ । त्यसै कुलुङ गाविसमा पहिरोमा परी ज्यान गुमाएका भरत राई र राममुनी राईको परिवारको खातामा ५० हजार जम्मा गरिएको समाजले जनाएको छ ।
सोही अवसरमा उद्योग वाणिज्य संघ भोजपरले पनि भोजपुर नगरपालिका २ डाडाँखर्कका पीडित ६ परिवारलाई ९५ हजार १ सय ५६ रुपैया प्रमुख जिल्ला अधिकारी मार्फत वितरण गरिएको उद्योग वाणिज्य संघले जनाएको छ ।
राहत वितरण कार्यक्रममा समाजको तर्फबाट प्रतिनिधि सुनिल वान्तावा राई र लोकेश आले मगर रहेका थिए ।
प्रकाशित मिति: १ चैत्र २०७३, मंगलबार