एमालेले आज बाँके र बर्दियामा कार्यक्रम गर्दै


 


काठमाण्डौ, चैत १
एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तरगत ११ औं दिन आज बाँके र बर्दियामा कार्यक्रम हुने छ । आगामी ५ गते सुर्खेतमा समापन गर्ने अभियान अन्तरगत एमालेले नेपालगञ्ज र गुलरियामा सभा गर्न लागेको हो ।

नेपालगञ्जमा मध्यान्न १२ बजे र त्यसपछि गुलरियामा दिउँसो ३ बजे कार्यक्रम गर्ने प्रचार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बिभिन्न २२ जिल्लामा ३५ वटा सभा गर्ने गरी एमालेले गत फागुन २१ गते झापाको काँकडभिट्टाबाट अभियान थालेपनि सप्तरी घटनापछि प्रदेश नम्बर दुईका अन्य जिल्लाको कार्यक्रम भने स्थगित गरेको थियो ।

कैलाली, कञ्चनपुर र सुर्खेतमा गरी आजसहित ८ स्थानमा सभा हुन बांकी रहेको सचिव भट्टराईले बताए ।

प्रकाशित मिति: १ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्