भक्तपुरमा दुर्घट्नामा एक जनाको मृत्यु


 


भक्तपुर, चैत १
भक्तपुरमा पैदल यात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ ।  सोमबार बेलुकी सानो ठिमी नजिकै पैदल यात्रुलाई ठक्कर दिएर बा ६२ प ६७२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको हो ।

भक्तपुर दधिकोटका २४ वर्षका साजन भुजेलको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्