नयाँ स्मार्ट लाइसेन्स वितरण सुरु


 


भक्तपुर, फागुन ३०

यातायात व्यवस्था विभाग भक्तपुर जगाती कार्यालयले आजदेखि नयाँ ‘स्मार्ट लाइसेन्स’ अर्थात् सवारी चालक प्रमाणपत्र वितरण सुरु गरेको छ ।

कार्यालयले गत माघ २ गतेदेखि कार्यालय सञ्चालन गरेर सेवा सुरु गरी सवारी चालक अनुमतिपत्रको नवीकरण गर्दै आएको थियोे । आजदेखि नयाँ लाइसेन्सका लागि दरखास्त लिन सुरु गरिएको बताउँदै कार्यालय प्रमुख अनोज घिमिरेले आगामी शुक्रबार बिहान ७ बजे आफ्नै कार्यालयमा लिखित परीक्षा सञ्चालन गरी शनिबार ट्रायल(प्रयोगात्मक) परीक्षा लिइने जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले निजी ट्रायल सेन्टरमा कार्यालयले ट्रायल लिन नपाउने आदेश दिएपछि विभागले आफ्नै सेन्टरमा सञ्चालन गर्ने भएको छ ।

घिमिरेले भन्नुभयो–“तत्कालका लागि यातायात अनुमतिपत्रको ट्रायल परीक्षा दुई पाङ्ग्रेको हकमा यातायात व्यवस्था विभागको आफ्नै ट्रायल सेन्टरमा र चार पाङ्ग्रेका लागि नेसनल टे«डिङ पुतलीसडकको ट्रायल सेन्टरमा व्यवस्था गरेका छौँ ।” रासस

प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्