केन्याले दियो नेपाललाई १५६ रनको लक्ष्य
काठमाडौं, फागुन ३०
वल्र्ड क्रिकेट लिग च्यापियनसीप अन्तरगत केन्यासितको दोस्रो म्याचमा नेपालले १५६ रनको लक्ष्य पाएको छ ।
नेपाली बलरहरुको किफायती प्रदर्शनमा केन्या १५५ रनमा समेटियो । नेपालका तर्फबाट शरद भेषावकरले सर्वा्धिक ४ विकेट लिए भने मेहेबुब आलम र बसन्त रेग्मीले दुइ–दुई विकेट लिए ।
यसैगरी सन्दिप लामिछाने र सागर पुनले एक-एक विकेट आफ्नो खातामा पारे ।
प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार