दुर्घटनामा एक जनाको मृत्यु


 


भक्तपुर , फागुन ३०

गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राति १० बजे बा ६१ प ६१८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा भक्तपुर नगरपालिका– ११ कोलाँठेका २७ वर्षीय रत्नसुन्दर छिंगुतलाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका छिंगुतलाको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्