एमालेको मेची महाकाली अभियान : आज कपिलवस्तु र दाङमा सभा हुँदै


 


कपिलवस्तु , फागुन ३०
नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत आज कपिलवस्तु र दाङमा सभा हुँदैछन् । एमालेले अहिले कपिलवस्तुको जितपुर चार नम्बरमा र दिउँसो १ बजे दाङको लमहीमा सभ गर्ने जनाएको छ ।

दुवै कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । दुवै ठाउँमा सभा सकेर नेता कार्यकर्ताको ¥याली आज बाँकेको कोहलपुरमा बास बस्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

सप्तरी घटनापछि प्रदेश नम्बर दुईका सम्पूर्ण कार्यक्रम स्थगित गरी हेटौडाबाट पुन अभियान थालेको हो । स्थानीय तहको चुनाव संविधान कार्यान्वयन लगायत विषयमा जानकारी दिन एमालेले मेची महाकाली अभियान चलाइरहेको जनाएको छ ।

कार्यकर्ताको सुझाव अनुसार आगामी दिनमा थप रणनीति बनाउने एमालेले जनाएको छ । गत २१ गते काँकडभिट्टाबाट सुरु भएको एमालेको अभियान कञ्चनपुर हुँदै सुर्खेतमा पुगेर सकिने छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्