नेपाल भर्सेस केन्याः केन्याको दुई विकेट गयो, दुवै विकेट मेहबुब आलमले लिए
काठमाडौं, फागुन ३०
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपमा केन्यासँगको दोस्रो खेलमा नेपालले बलिङ गरिरहेको छ । नेपालले केन्याको दुई विकेट लिएको छ । दुवै विकेट मेहबुब आलमले लिएका हुन् । दुई विकेटको क्षतिमा १४ रन बनाएको छ । सोमपाल कामी र आलमल बलिङ गरिरहेका छन् ।
शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपाल सोमबार फेरि केन्यासँग खेलिरहेको हो । सोमबार मौसम सफा भएकाले ५० ओभरकै खेल हुनेछ । सोमबार पनि नियमित कप्तान पारस खड्का खेलको छैनन् ।
नेपाली टोली ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा छ । केही दिन अघि पेटको शल्यक्रिया गरेका पारसको स्वास्थ्य अवस्था पूर्णतया फिट भइनसकेकाले केन्यासँगको पहिलो खेलमा पनि उनी खेलेका थिएनन् । शनिबारको खेल हारेपछि प्रतियोगिताको शीर्ष ४ मा रहने गणितीय सम्भावना मात्र बाँकी छ ।
प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार