तीर्थयात्री चढेको मिनी ट्रक दुर्घटना, ९ जना घाइते


 


नुवाकोट, फागुन ३०

नुवाकोटको देउरालीमा तीर्थयात्री चढेको बा ४ ख ४०५७ नमबरको  मिनी ट्रक दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । धादिङको समेजोङमा फागु पूर्णिमा मेलामा सहभागी भएर घर फर्कदै गरेका तीर्थयात्री चढेको मिनी ट्रक आइतबार बेलुका दुर्घटनामा परेको हो ।

गम्भीर घाइते भएका देउराली–२ की सुनिता तामाङ र सन्तोष तामाङ, देउराली–४ का छिरिङ तामाङ, देउराली–५ की अञ्जली तामाङ, बुङताङ–२ की सरिता तामाङ र सीता तामाङको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ ।

सामान्य घाइते तीन जनाको देउराली प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए ।

प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्