एमालेको नेतृत्व अनिवार्य–नेता खनाल


 


नवलपरासी, फागुन २९

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सामाजिक रुपान्तरणका लागि अब एमालेको नेतृत्व अनिवार्य बनेको बताउनुभएको छ ।

एमालेको मेची–महाकाली जागरण अभियानअन्तर्गत आज नवलपरासीको भुमहीमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र सार्वभौमसत्ता जोगाउन एमालेको नेतृत्व आवश्यक रहेको जिकिर गर्नुभयो ।

अभियानमार्फत स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय अखण्डताको पक्षमा सन्देश दिन खोजिएको उहाँको भनाइ थियो । नेपाली जनताको स्वाभिमानलाई शिखरमा पु¥याउन एमालेले अभियान ल्याएको बताउँदै नेता खनालले मधेसी मोर्चाले विभिन्न वाहनामा अभियानलाई निष्कृय पार्न खोजेपनि सफल भएको दाबी गर्नुभयो ।

सभामा एमाले नेता माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, योगेश भट्टराई, विष्णु पौडेल, प्रदीप ज्ञवाली, घनश्याम भुसाललगायत केन्द्रीय नेताको उपस्थिति थियो । रासस

प्रकाशित मिति: २९ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्