भक्तपुरकाे इनारमा पुरुषको शव फेला


 


भक्तपुर, फागुन २९

चाँगुनारायण नगरपालिका–१३ दुवाकोटस्थित हरि खड्काको घर अगाडिको सार्वजनिक इनारमा आज एक पुरुषको शव भेटिएको छ । करिब ३० फिट गहिरो इनारमा डुबेर मृत्यु भइरहेको अवस्थामा स्थानीय ४६ वर्षीय राजेन्द्र खड्काको शव भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रनाउ श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

घटना आत्महत्या हो की, हत्या भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको र शव परीक्षणका लागि अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २९ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्